PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

वाग्मतीमा सबैभन्दा धेरै जनसंख्या, कर्णालीमा कम : कुन प्रदेशमा कति जनसंख्या?



पहिलोपोस्ट

वाग्मतीमा सबैभन्दा धेरै जनसंख्या, कर्णालीमा कम : कुन प्रदेशमा कति जनसंख्या?

काठमाडौं : राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिक भएको छ। केन्द्रीय तथ्याङ्क विभागले तयार पारेको प्रतिवेदन आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक गरेका हुन्।

प्रतिवेदन अनुसार नेपालको कूल जनसंख्या २ करोड ९१ लाख ६४ हजारर ५६४ रहेको छ। जसमा पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ रहेको छ भने महिलाको जनसंख्या १ करोड ४९ लाख ११ हजार ५७ रहेको छ।

जनगणनाको नतिजा अनुसार प्रदेशगत रुपमा जनसंख्याको वितरण हेर्दा सबैभन्दा धेरै जनसंख्या वाग्मती प्रदेशमा र सबैभन्दा कम कर्णाली प्रदेशमा रहेको छ जुन क्रमशः २०.९७ र ५.७९ प्रतिशत छ। २०६८ सालको जनगणनामा यो संख्या क्रमशः २०.८७ र ५.९३ प्रतिशत थियो।

यसैगरी, मधेश प्रदेशमा दोस्रो ठूलो जनसंख्या (२०.९७ प्रतिशत) रहेको छ। २०७८ मा जनसंख्याकाआकारको हिसाबले तेश्रो, चौथो, पाँचौ र छैठौं क्रमशः लुम्बिनी, कोशी प्रदेश, सुदुरपश्चिम र गण्डकी प्रदेश रहेका छन्।

बागमतीको जनसंख्या ६१ लाख १६ हजार ८६६ रहेको छ भने मधेश प्रदेशको जनसंख्या ६१ लाख १४ हजार ६०० रहेको छ। यस्तै, लुम्बिनीको जनसंख्या ५१ लाख २२ हजार ७८ रहँदा कोशी प्रदेशको जनसंख्या ४९ लाख ६१ हजार ४१२ रहेको छ। कर्णालीमा भने जनसंख्या १६ लाख ८८ हजार ४१२ रहेको छ।

हेर्नुस कुन प्रदेशमा कति जनसंख्या :

प्रदेश अनुसार गाउँपालिका र नगरपालिकाको जनसंख्या



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell