PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

तीन सातामा 'छक्का पञ्जा ४' ले कमायो १८ करोड



पहिलोपोस्ट

तीन सातामा 'छक्का पञ्जा ४' ले कमायो १८ करोड

काठमाडौं : फागुन १९ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘छक्का पञ्जा ४’ ले बक्सअफिसमा आक्रामक व्यापार गरिरहेको छ। यस फिल्मले तीन सातामा १८ करोडको व्यापार गरेको वितरक मनोज राठीले जानकारी दिए।

फिल्मले अझै पनि दर्शकको राम्रो साथ पाइरहेको राठी बताउँछन्।

‘नेपालभरिबाट फिल्मले बक्सअफिसमा १८ करोड कलेक्सन गरिसकेको छ। चौंथो सातामा लाग्दा पनि फिल्मलाई दर्शकको साथ छ’ उनले भने।

राम्रो व्यापार गरेता पनि ‘छक्का पञ्जा ४’ को कलेक्सन ‘कबड्डी ४’ को भन्दा कम छ। यसैवर्ष रिलिज भएको रामबाबु गुरुङ निर्देशित ‘कबड्डी ४’ ले ३० करोड कमाएको थियो। यो हालसम्म नेपालको सर्वाधिक व्यापार गर्ने फिल्म हो।

हेमराज बिसीको निर्देशित फिल्म ‘छक्का पञ्जा ४’ राजनीतिक विषयवस्तुमा आधारित छ। यस फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, मलिना जोशी, केदार घिमिरे (माग्रे बुढा), नीर शाह, निर्मल शर्मा, राज आचार्यलगायतका कलाकारहरूको अभिनय छ।

आमा सरस्वती मुभिजको ब्यानरमा बनेको फिल्मको प्रस्तुतकर्ता दीपक-दीपा हुन्। फिल्मका कार्यकारी निर्माता केदार प्रसाद घिमिरे र निर्मल शर्मा हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell