PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

२१ लाख ९० हजार ५९२ जना नेपाली देश बाहिर



पहिलोपोस्ट

२१ लाख ९० हजार ५९२ जना नेपाली देश बाहिर

काठमाडौं : हाल २१ लाख भन्दा बढी नेपाली नागरिक विदेशमा रहेको तथ्याङ्कले देखाएको छ। आज सार्वजनिक राष्ट्रिय जनगणनाको प्रतिवेदन अनुसार २१ लाख ९० हजार ५९२ जना नेपाली नागरिक विदेशमा रहेका छन्।

१५ लाख ५५ हजार ९६१ परिवारहरुबाट २१ लाख ९० हजार ५९२ जना परिवारमा अनुपस्थित रही विदेशमा अक्सर बसोवास गर्ने गरेको प्रतिवेदनमा उल्लेख छ। जसमा पुरुषको जनसंख्या १७ लाख ९९ हजार ६७५ (८२.२ प्रतिशत) र महिला ३ लाख ९० हजार ९१७ (१७.८ प्रतिशत) रहेका छन्।

२०६८ को जनगणना अनुसार १९ लाख २१ हजार ४ सय ९४ जना व्यक्ति परिवारमा अनुपस्थित रही

विदेशमा अक्सर बसोबास गर्ने गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell