PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

सुनको मूल्य फेरि तोलाको १ लाख १० हजार नजिक



पहिलोपोस्ट

सुनको मूल्य फेरि तोलाको १ लाख १० हजार नजिक

काठमाडौं : सुनको मूल्य फेरि बढ्न थालेको छ। साताको अन्तिम दिन तोलामा ८ सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि कारोबार मूल्य प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ।

गत बुधबार २ हजार रुपैयाँले घट्दै प्रतितोला १ लाख ७ हजार ८ सय रुपैयाँमा आइपुगेको सुन बिहीबार पुन: तोलामा १२ सयले बढ्दै प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो। दुई दिनमा सुनको मूल्य तोलामा २ हजार रुपैयाँले वृद्धि भएको हो। यस अघि पनि बढ्दा सुनको मूल्य तोलामा १ लाख १० हजार रुपैयाँ पुगेको थियो

चाँदीको कारोबार मूल्य शुक्रबार १ हजार ३६० रुपैयाँ तोलामा स्थिर छ। बुधबारका तुलनामा २५ रुपैयाँ बढेर बिहीबार उक्त मूल्यमा आइपुगेको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा लगानीकर्ता आकर्षित छन्। अमेरीकी दुई बैंक बन्द भएपछि लगानीकर्ताहरु सेयर र ऋणपत्रको खरिदबिक्रीभन्दा सुनचाँदीमा आकर्षित भएको अनुमान छ।

अन्तर्राष्ट्रिय बजारमा बिहीबार प्रतिऔंस १९७७.६६ डलर रहेको सुन शुक्रबार १९९१.१५ डलर पुगेको छ। चाँदी पनि २२.९९ बाट बढेर प्रतिऔंस २३.०९ डलर पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell