PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

देशभर ७५ लाख ५२ हजार ६६ वटा घर



पहिलोपोस्ट

देशभर ७५ लाख ५२ हजार ६६ वटा घर

काठमाडौं : राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन अनुसार देशभर  ७५ लाख ५२ हजार ६६ वटा घर रहेका छन्।

जनगणनामा मुख्य प्रयोग अनुसार देशभरका सम्पुर्ण घरहरुको विवरण संकलन गरिएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ। घरको धेरैजसो भाग के कामका लागि प्रयोग भएको थियो सोको आधारमा मुख्य प्रयोगलाई विभिन्न १२ प्रकारमा वर्गीकरण गरिएको विभागले जनाएको छ।

प्रतिवेदन अनुसार देशभर जम्मा ७५ लाख ५२ हजार ६६ वटा घर संरचना रहेका छन्। जसमध्ये मुख्यरुपमा

आवासको लागि प्रयोग भएका घर ७१.७ प्रतिशत रहेको पाइएको छ। यस्तै, गोठ-धन्सार-मतानको लागि प्रयोग भएको घर १०.१ प्रतिशत रहँदा खाली घर ६.३ प्रतिशत रहेका छन्। अन्य (जस्तैः भान्सा घर) भने ५.९ प्रतिशत रहेको छ।

व्यापारका प्रयोग भएका घर ३.१ प्रतिशत, शैक्षिक संस्थानका लागि प्रयोग भएका घर १.१ प्रतिशत, उद्योग-कलकारखाना र संस्थागत तथा सरकारी ०.४-०.४ प्रतिशत, होटल तथा लज ०.३ प्रतिशत, स्वास्थ्यजन्य ०.२ प्रतिशत र बैंक तथा वित्तीय संस्था ०.१ प्रतिशत रहेका छन्।

प्रदेशगत रुपमा हेर्दा सबैभन्दा बढी लुम्बिनी प्रदेशका ७५.० प्रतिशत र सबैभन्दा कम सुदुरपश्चिम प्रदेशका ६८ प्रतिशत घरहरु मुख्य रुपमा आवासको लागि प्रयोग भएका छन्।\

घरको जगको बनोट अनुसार परिवार संख्या :



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell