काठमाडौं : राष्ट्रिय जनगणना २०७८ अनुसार सबैभन्दा बढी जनसंख्या काठमाडौं महानगरपालिकामा रहेको छ। यस्तै, सबैभन्दा कम जनसंख्या भएको नगरपालिका डोल्पाको ठूलोभेरी नगरपालिका भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ।
केन्द्रीय तथ्याङ्क विभागले तयार पारेको राष्ट्रिय जनगणनाको प्रतिवेदन आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक गरेका हुन्।जसअनुसार सबैभन्दा बढी जनसंख्या भएका नगरपालिकाहरुमा काठमाडौँमा ८ लाख ६२ हजार ४ सय जनसंख्या छ।
त्यस्तै दोस्रो स्थानमा रहेको पोखरा महानगरपालिकामा ५ लाख १३ हजार ५ सय चार जनसंख्या रहेको छ। सर्वाधिक जनसंख्या भएको नगरपालिकामा तेस्रो, चौथो र पाँचौँ स्थानमा क्रमश भरतपुर महानगरपालिका चितवन, ललितपुर महानगरपालिका ललितपुर र वीरगञ्ज महानगरपालिका पर्सा रहेका छन्।
त्यस्तै सबैभन्दा कम जनसंख्या रहेको नगरपालिकामा डोल्पाको ठूलोभेरी नगरपालिका रहेको छ। ठूलोभेरीको जनसंख्या ९ हजार ८ सय ६१ रहेको छ। त्यस्तै सबैभन्दा कम जनसंख्या भएको नगरपालिकाको दोस्रो स्थानमा डोल्पाकै त्रिपुरासुन्दरी नगरपालिका रहेको छ। त्यहाँको जनसंख्या ६ हजार ८० रहेको छ।
कम जनसंख्या भएका तेस्रो, चौथो र पाँचौँ स्थानमा संखुवासभाको मादी नगरपालिका, तेह्रथुमको लालिगुराँस नगरपालिका र धर्मदेवी नगरपालिका संखुवासभा रहेका छन्।