PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

प्रहरी महानिरीक्षक नियुक्तिका लागि मन्त्रिपरिषदको बैठक बस्दै, त्यसअघि मन्त्रीसँग छलफल गर्दै प्रधानमन्त्री



पहिलोपोस्ट

प्रहरी महानिरीक्षक नियुक्तिका लागि मन्त्रिपरिषदको बैठक बस्दै, त्यसअघि मन्त्रीसँग छलफल गर्दै प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज अपराह्न ४ बजेका लागि  मन्त्रिपरिषदको बैठक बोलाएका छन्। प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरण शर्माले मन्त्रिपरिषदको बैठक बस्ने तयारी भएको बताए।

त्यसअघि प्रचण्डले मन्त्रीहरुसँग छलफल गर्न चाहेका छन्। मन्त्रीहरुसँगको छलफलपछि आजको बैठकबाट नेपाल प्रहरीको महानिरिक्षक चयन गर्न प्रचण्डले मन्त्रिपरिषदको बैठक बोलाएको बताइएको छ। अहिले गृहमन्त्रालययको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डले नै सम्हालिरहेका छन्।

आजबाट प्रहरी महानिरीक्षक धिरतप्रताप सिंहले अवकास पाउँदैछन्। त्यसैलै सरकारले आजै नयाँ महानिरीक्षक नियुक्त गर्न लागेको हो।

प्रहरी महानिरिक्षकका लागि ५ जना नायव महानिरीक्षकलाई फागुन २६ गते सरकारले प्रहरि अतिरिक्त महानिरीक्षकमा बढुवा गरेको थियो। बसन्त बहादुर कुँवर, टेक प्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई अतिरिक्त महानिरीक्षकमा नियुक्त गरिएको थियो। यिनै ५ जना एआइजी मध्येबाट सरकारले नेपाल प्रहरीको नयाँ प्रमुख नियुक्त गर्नेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell