PahiloPost

May 26, 2026 | १२ जेठ २०८३

नेपालमा कति छन् महिलाको नाममा घरजग्गा भएका परिवार?



पहिलोपोस्ट

नेपालमा कति छन् महिलाको नाममा घरजग्गा भएका परिवार?

काठमाडौं : राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा ११.८ प्रतिशत परिवारमा महिलाको नाममा घर र जग्गा दुवै रहेको देखिएको छ।

आज प्रधानमन्त्री पुष्पकमल दाहालले सार्वजनिक गरेको प्रतिवेदनअनुसार महिलाको नाममा जग्गा मात्र भएका परिवार ९.७ प्रतिशत र घर मात्र भएका परिवार २.३ प्रतिशत रहेका छन्। त्यस्तै, २३.८ प्रतिशत परिवारमा महिलाको नाममा घर वा जग्गा वा घरजग्गा दुवै रहेको देखिन्छ।

जुन २०६८ को तथ्याङ्कभन्दा बढी हो। गत २०६८ सालको जनगणनामा देशका कुल परिवारको १०.७ प्रतिशत परिवारमा महिलाको नाममा घर र जग्गा दुवै रहेको तथ्याङ्कमा देखिएको थियो। त्यसैगरी, महिलाको नाममा जग्गा मात्र भएका परिवारहरु ९.० प्रतिशत रहेको थियो।

हालको गणनामा प्रदेशगत रुपमा हेर्दा महिलाको नाममा घर वा जग्गा वा घरजग्गा दुवै रहेका परिवार सबैभन्दा बढी कोशी प्रदेशमा २८.५ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ११.८ प्रतिशत रहेको देखिन्छ।

त्यस्तै, यो तथ्यांक मधेश प्रदेशमा २५.३ प्रतिशत, वाग्मती प्रदेशमा २४.९ प्रतिशत, गण्डकी प्रदेशमा २८.३ प्रतिशत, लुम्बिनी प्रदेशमा २३.४ प्रतिशत र कर्णाली प्रदेशमा १२.६ प्रतिशत रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell