PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

‘जारी’को ट्रेलरमा दयाहाङ र मिरुनाको सम्बन्धमा आएको फाटो...



पहिलोपोस्ट

‘जारी’को ट्रेलरमा दयाहाङ र मिरुनाको सम्बन्धमा आएको फाटो...

काठमाडौं : उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘जारी’को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा लिम्बु समुदायमा रहेको जारी प्रथाको कथालाई समेटिएको छ।

ट्रेलरमा मुख्य भूमिकामा रहेका दयाहाङ राई र मिरुना मगरलाई श्रीमान श्रीमतीको रुपमा देख्न सकिन्छ। बालबच्चा नभएपछि दुवैको सम्बन्धमा फाटो आउँदा मिरुनाले अर्केसँग विवाह गर्छिन्। यसरी मिरुना भाग्दा जारी उठाउने र तिर्ने परम्परा वरिपरि फिल्मको कथा घुमेको छ।

फिल्ममा दयाहाङ र मिरुनासहित विजय बराल, प्रेम सुब्बा, रेखा लिम्बू, रोयदीप श्रेष्ठ, कमलमणि नेपाल, पुष्कर गुरुङको समेत अभिनय छ।

रामबाबु गुरुङको लगानी रहेको फिल्म आगामी बैशाख १ गते रिलिज हुनेछ। यसअघि दयाहाङ र मिरुना ‘कबड्डी- ४’मा मुख्य भूमिकामा देखिएका थिए। उक्त फिल्मले नेपालमा सर्वाधिक कमाउने रेकर्ड राखेको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell