PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

‘बिहे पास’को ट्रेलरमा बिहेको लागि सरकारी जागिर खान दयाहाङले गरेको संघर्ष



पहिलोपोस्ट

‘बिहे पास’को ट्रेलरमा बिहेको लागि सरकारी जागिर खान दयाहाङले गरेको संघर्ष

काठमाडौं : बैशाख १ गतेबाट प्रदर्शन हुने फिल्म ‘बिहे पास’को ट्रेलर सार्वजनिक भएको छ। बिहे गर्नको लागि सरकारी जागिर खान दयाहाङ राईले गरेको संघर्षको कथा ट्रेलरले समेटेको छ।

ट्रेलरमा दयाहाङ र प्रकृति श्रेष्ठबिचको प्रेम र बिहे प्रसंङ्गलाई देखाइएको छ। जहाँ प्रकृतिलाई बिहे गर्न दयाहाङले सरकारी जागिर खान मरिहत्ते गरेको देखाइएको छ।

प्रवेश पौडेलको निर्देशन रहेको ‘बिहे पास’मा दयाहाङ र प्रकृतिका साथै रविन्द्र झा, बुद्धि तामाङ, शिशिर वाङ्देल, श्याम राई, विशाल पहारी, सुवास गजुरेल, हिउँवाल गौतमलगायतका कलाकारको अभिनय छ।

फिल्ममा आकाश बराल, सजन काफ्ले र मर्रे केरको लेखन रहेको छ। रोहित कट्टेलको प्रस्तुतिमा तयार भएको फिल्ममा रत्न श्रेष्ठ कार्यकारी निर्माता र रोजन श्रेष्ठ निर्माताको रुपमा छन्।

फिल्म ‘होस्टेल’बाट चर्चा कमाएकी प्रकृतिले यस फिल्ममार्फत कमब्याक गरेकी हुन्।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell