A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.699a9cad8a1ba9.26423296): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.699a9cad8a1ba9.26423296,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.699a9cad8a7dc8.09328311): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.699a9cad8a7dc8.09328311,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.699a9cad8f92a4.08362586): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.699a9cad8f92a4.08362586,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

'कोसी' विरोधीलाई ओलीको प्रश्न : सभ्यता ठुलो कि पानी? 'कार्की प्रदेश' नराखेकोमा दिए धन्यवाद
PahiloPost

Feb 22, 2026 | १० फागुन २०८२

'कोसी' विरोधीलाई ओलीको प्रश्न : सभ्यता ठुलो कि पानी? 'कार्की प्रदेश' नराखेकोमा दिए धन्यवाद



पहिलोपोस्ट

'कोसी' विरोधीलाई ओलीको प्रश्न : सभ्यता ठुलो कि पानी? 'कार्की प्रदेश' नराखेकोमा दिए धन्यवाद

काठमाडौं : प्रदेश १ को नाम कोसी राखेकोमा अहिले विरोध जारी छ। पहिचानको आधारमा नाम राखिनुपर्ने भन्दै यसका पक्षधरहरु चर्को विरोधमा उत्रिएका छन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने यस प्रदेशको नाम कोसी भएकोमा खुसी व्यक्त गरेका छन्। शुक्रवार मिसन ग्रासरुट अन्तर्गतको कार्यक्रमलाई सम्बोधन गर्न झापा पुगेका उनले प्रदेशको नाम कोसी राखेकोमा खुसी व्यक्त गरेका हुन्।

'निर्वाचनपछि सजिलोसँग सरकार बनेको नै यहाँको हो। त्यतिबेला प्रदेशको नाम प्रदेश १ थियो। सरकार बन्दा पनि एक नम्बरकै काम भयो,' ओलीले भने। यहाँ एमालेका नेता हिक्मत कार्कीको नेतृत्वमा सरकार छ। कार्की मुख्यमन्त्री बनेपछि प्रदेशले नाम पाएको हो।

यद्यपि प्रदेश नामाकरणमा एकीकृत समाजवादीले सघाएन। यसप्रति ओलीले रोष प्रकट गरेका छन्।

'चार जनाबाहेक सबैले मत हाले। एउटा चोइटो छ। टुक्रिएको एकीकृत छ। कांग्रेसको पछि लागेर समाजवादी भन्छ,' ओलीले भने, 'त्यसलेमात्र मत हालेन।'

नेकपा एकीकृत समाजवादी प्रदेशसभा १ संसदीय दलका नेता राजेन्द्र राईले प्रदेश १ को नाम किराँत लिम्बुवान सगरमाथा राख्नुपर्ने प्रस्ताव प्रदेशसभामा टेबुल गरेका थिए। यो प्रस्तावको पक्षमा नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी मात्र देखिएपछि अस्विकृत भएको थियो।

'कोसीको व्याख्या यसरी गरे ओलीले'

एमाले अध्यक्ष ओलीले कोसी नै मानिसको जीवन भएको दाबी गरे। केही व्यक्तिले यो नामाकरणमा उपद्रो मच्चाएको उल्लेख गर्दै उनले भने, 'कोसी प्रदेसको विरोधमात्र गरेनन्। उपद्रोसमेत मच्चाउन थालेका छन्। जनतामा अन्योलता मच्चाउन हुन्न।'

कोसी नामको बचाउ गर्दै ओलीले कोसीले नै सभ्यताको निर्माण गरेको दाबी गरे। 'मानिस उत्पन्न हुनुभन्दा पहिले कोसी उत्पन्न भएको थियो। पहाड, तराई, नदीहरु उत्पन्न भए। वातावरणीय कक्षको उत्पति भए। त्यसपछि मानव उत्पत्ति भए। यस भूभागमा विभिन्न ठाउँबाट मानिसहरु आए,' ओलीले भने, '५ हजार वर्षअघि देखि यहाँ बसोवास गरेको पाइयो। मानिस जहाँ पुगे पनि धर्तीपुत्र हो। आकाशपुत्र हैन। शनिपुत्र वृहस्पति पुत्र हो। कोसी कुनै जात विशेषको होइन। सबैका लागि समान व्यवहार गर्छ। कोसीले एउटा सभ्यता सिर्जना गरेको छ। अनेक बाजागाजा सिर्जना गरेको छ। यहाँ चिलाउनेका रुखमुनि देउता हुन्छन्। पानीको मुहानमा नाग देउता हुन्छन्।'

'लाकुरी भञ्ज्याङको पानी कोसीमा आउँछ'

एमाले अध्यक्ष ओलीले राजधानीस्थित लाकुरी भञ्ज्याङको पानीसमेत कोशीमा आउने दाबी गरे। 'भक्तपुरको साँगामा परेको पानी कोसीमा आउँछ। लाकुरी भञ्ज्याङमा परेको पानी कोसीमा आउँछ,' उनले भने, 'मेलम्चीको पानी कोसीमा आउँछ। काठमाडौंलाई पनि यस प्रदेशको पानी खुवाइएको छ। मेलम्चीको पानी यही प्रदेशको हो। इन्द्रावतीमा नमिसिँदैको कोसी। ओलङ्चुङगोलाभन्दा माथि तिब्बत छ। तप्केगोलामाथि तिब्बत छ। सगरमाथाभन्दा माथि हिमाल छ। उहाँदेखिको पानी। चोयुदेखियको पानी। गौरीशंकरदेखिको पानि बग्दैबग्दै आउँछ।'

कोसीको पानी सबैको नसानसामा बगेकोसमेत ओलीले बताए। 'कोसी सप्तकोशी भएर आउँछ। जुन नदीको पानी हाम्रो नशानशामा बगेको छ। हामी त्यही कोसीको पानीबाट सिञ्जित भएर पलाएको विरुवाबाट आएको सास लिएर बाँच्छौ। कोशीको पनि गंगामा जान्छ। बंगालमा जान्छ। गंगा नदीमा नेपालका पानीको ४० प्रतिशत योगदान छ। वर्षामा। अहिले भने ७२ प्रतिशत जान्छ,' उनले भने।

यसैगरी ओलीले कोसीले खेतबारीलाई उर्बर बनाएको उल्लेख गरे। 'कोसीको पानीको उल्लेख्य महत्व छ। नेपालका तीनवटा नदीहरुमध्ये प्रमुख नदी हो। जहाँका नेपालीहरुको जीवन सबै कुरा कोसीबाट सिञ्चित हुन्छ। जीवनको सुरुवात नदीबाट हुन्छ,' ओलीले भने, 'जीवन जीवित रहेको हुन्छ नदीमा। कोशीहरुले खेतबारीलाई उर्वर बनाएका छन्।'

कोसी नाम राखेकोमा प्रदेशका मुख्यमन्त्रीलाई धन्यवाद दिँदै ओलीले व्यङ्ग्य कस्नसमेत भ्याए। 'कोसी प्रदेश सभालाई धन्यवाद छ। यसलाई कोसी प्रदेशको नामाकरण गर्नुभएकोमा मुख्यमन्त्रीज्युलाई धन्यवाद छ।। उहाँले यसलाई ठीक ठाउँमा राख्नुभयो। धन्यवाद छ कार्की प्रदेश राख्नुभएन। सबैले माग्या छन् आफ्नो आफ्नो नाममा। उहाँले पनि आँटेर एउटा नाम राखेको भए,' ओलीले भने, 'कसैप्रति टाढा पनि छैन। कसैको नामसँग जोडिएको पनि छैन। कसैकसैले कौसिक ऋषिको नामबाट भन्न सक्छ। यत्रो जमानामा १०० वर्ष बाँचेको मान्छेको नाममा राखिएको भन्न सक्छ। गंगाको नाम राखिएको हो। कोसी सबैको आमा हो नि। तर कोसीले छोरा पाउँछ त? कसैले छोरी पाउँछ त?'

'सभ्यता ठुलो कि पानी?'

ओलीले अहिले आएर कुनै जातीले विरोध गर्नुको कुनै तुक नभएको तर्क गरे। 'कतिले नाममा विरोध गर्न थालेका छन्,' उनले प्रश्न गरे, 'एउटा जातको नाममा एउटा थरको नाममा एउटा सभ्यताको नाममा। एउटा सभ्यता त त्यहाँको पानी पिएर हुर्केको हो। सभ्यता ठुलो कि पानी ठुलो? कोसी नै थिएन भने सभ्यता कसरी आउँछ? पानी नै थिएन भने कसरी बन्छ चिया?

विरोध गर्नेलाई उनले सम्झाउनसमेत आग्रह गरे। 'कसैको निजी हैन कोसी। साझा सभ्यताको उद्गमस्थल हो,' ओलीले भने, 'यसलाई लामो तन्काएर नजान अनुरोध गर्दछु। आत्मविश्वासको साथ सम्झाउनुपर्छ।'

फाटोवादी र पुजीवादीलेमात्र यसको विरोध गर्नेसमेत उनको भनाई थियो। 'भावना बग्ने, मैले भनेअनुसार हुनुपर्छ भन्ने यो विधि भएन। प्रदेशसभाको दुई तिहाईले पारित गरेको पनि मान्नुहुन्न भने?' ओलीले भने, 'फाटोवादी र पूजीवादीले विरोध गरेको हो। धमिलो पानीमा माछा मारेर फाइदा लिउँला भनेर सोचेको होला।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell