PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

लुम्बिनीमा आफ्नै नेतृत्वमा सरकार बनाउने कांग्रेसको निर्णय



पहिलोपोस्ट

लुम्बिनीमा आफ्नै नेतृत्वमा सरकार बनाउने कांग्रेसको निर्णय

बुटवल : नेपाली कांग्रेसले लुम्बिनी प्रदेश सरकार आफ्नै नेतृत्वमा बनाउने निर्णय गरेको छ। कांग्रेसले एमालेबाहेकका अन्य सबै दललाई समेटेर आफ्नो नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको हो।

शुक्रवार बसेको संसदीय दलको बैठकले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको सांसद बसिद्ददिन खाँले जानकारी दिए। प्रदेश सरकारको नेतृत्व गरेको एमालेको सत्ता साझेदार माओवादी केन्द्रसहित साना दलहरूलाई केन्द्रीय समिकरणसँगै सत्ताबाट बाहिरिन पनि आग्रह गरेको खाँले बताए।

माओवादी केन्द्र पार्टीभित्रको आन्तरिक विवादले सरकारबाट बाहिरिन सकेको छैन। कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले नयाँ समिकरण अनुसार आफूहरू अगाडि बढ्ने गरी छलफलहरू केन्द्रित भइरहेको जानकारी दिए।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा कांग्रेस २७ जना सांसदसहित दोस्रो ठूलो दल हो। एमालेका २९, माओवादी केन्द्रका ११, राप्रपा र नागरिक उन्मुक्तिका ४-४, जसपा, लोसपा, जनमतका ३-३, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १-१ सांसद छन्। एकजना स्वतन्त्र सांसद छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell