PahiloPost

Apr 30, 2025 | १७ बैशाख २०८२

वसन्त कुँवरलाई नेपाल प्रहरीको आइजी बनाउने सरकारको निर्णय



पहिलोपोस्ट

वसन्त कुँवरलाई नेपाल प्रहरीको आइजी बनाउने सरकारको निर्णय
फोटो : PMO

काठमाडौं: प्रहरी अतिरिक्त महानिरीक्षक वसन्त कुँवरलाई सरकारले नेपाल प्रहरीको महानिरीक्षक बनाउने निर्णय गरेको छ। शुक्रवार बसेको मन्त्रिपरिषदको बैठकले कुँवरलाई महानिरीक्षक बनाउने निर्णय गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ।

प्रहरी महानिरीक्षकका लागि ५ जना नायव महानिरीक्षकलाई फागुन २६ गते सरकारले प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गरेको थियो। वसन्त बहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई अतिरिक्त महानिरीक्षकमा नियुक्त गरिएको थियो।

यिनै ५ जना एआइजी मध्येबाट सरकारले नेपाल प्रहरीको नयाँ प्रमुख नियुक्त गर्ने तयारी गरेकोमा अंकका आधारमा पहिलो स्थानमा रहेका कुँवरलाई सरकारले महानिरीक्षक बनाउने निर्णय गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell