PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

सुदूरपश्चिम खप्तड गोल्डकप: खुमलटारलाई हराउँदै एभिनर सेमिफाइनलमा



पहिलोपोस्ट

सुदूरपश्चिम खप्तड गोल्डकप: खुमलटारलाई हराउँदै एभिनर सेमिफाइनलमा

धनगढी: मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा आज सम्पन्न खेलमा क्यामरुनको एभिनर फुटबल क्लबले खुमलटार एफसीलाई हराएको छ। दोस्रो दिनको खेलमा क्यामरुनी क्लबले ‘ए’ डिभिजन क्लव खुमलटारलाई ३–१ गोल अन्तरले हराएको हो।

एभिनरले खेलको आठौं मिनेटमा कोन्फोरको गोलमा अग्रता लिएको थियो।

धनगढी रंगशालामा शुक्रबार भएको खेलमा ३६ औं मिनेटमा अनुज भण्डारीले गोल गर्दै खुमलटारलाई बराबरीमा ल्याएका थिए ।

एभिनरका मोसिसले लगातार दुई गोल गर्दै विदेशी टोलीलाई सेमिफाइनलको यात्रा तय गराए। उनले खेलको ६६ औं र ७२ औं मिनेटमा गोल गरेका थिए ।

एभिनरले सेमिफाइनलमा बागमती युवा क्लव र मनाङ मस्र्याङ्दी क्लवबीच हुने खेलको विजेतासंग खेल्ने छ ।

शनिबार नेपाल पुलिस क्लव र भारतीय क्लव जर्जियनबीच प्रि–क्वाटरफाइनलको अन्तिम खेल हुने छ।

मोफसलको सर्वाधिक पुरस्कार राशीको यस प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन्।

सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रबद्र्धक रहेको प्रतियोगितालाई सुदूरपश्चिम ११ स्पोर्टस क्लबले आयोजना गरेको हो। आयोजकसहित ‘ए’ डिभिजन ६, विदेशी टोली २ र मोफसलको एक गरी १० टोलीको सहभागिता रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell