PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

तस्बिरमा रामारोशनको सुन्दरता

तस्बिरमा रामारोशनको सुन्दरता

पहिलोपोस्ट /पहिलोपोस्ट


  • राजु आचार्य-

ओखलमा कुटेको धानको भात र फर्सीको तरकारी निकै स्वादिष्ट मानेर खाइयो। देउडा खेल हेरेर रमाइयो। पुराना घर, घट्टको आवाज, स्वच्छ हावा, चराको चिरबिर, स्थानीयका मिठो बोली।

यो अछाम जिल्लाको रामारोशन क्षेत्र हो। यो ठाउँलाई खोल्सा र तालहरूले अझ रमणीय बनाएको छ। हरिया वन र तरेली परेका पहाडहरुले त झन् मनै लोभ्याउने।

झारलका झुन्ड, टाउको माथिबाट उडी तर्साउने डाँफेहरू, भिरमा लुकामारी खेल्ने घोरल, अँध्यारोमा कराउने हाप्सिलो, लङ्गुरको बथान अनि मलसाँप्रोको उपस्थिति आदिले यो ठाउँ गज्जबको लाग्छ। लोभलाग्दो सूर्योदय र सूर्यास्तका दृश्यहरू अझै पनि हाम्रो आँखाबाट हट्न सकेको छैन।

काठमाडौंदेखि ३ दिन लगाएर पुगिने यो ठाउँ अत्यन्तै सुन्दर छ, तर दुर्गम पनि। काठमाडौंबाट सुर्खेत हुँदै अछाम जिल्लाको सदरमुकाम मङ्गलसेनसम्म ठुलो/सानो बस र त्यसपछि जिप रिजर्भ गरेर रामारोशन पुग्न सकिन्छ।

सुर्खेतको सट्टा कोहलपुर तथा अत्तरिया हुँदै पनि जान सकिन्छ। मोटरसाइकलमा जान चाहनेको लागि गज्जबको गन्तव्य हो यो।

‘प्रकृतिका साथीहरू’को नेतृत्वमा गरिएको जैविक विविधताको अध्ययन गर्ने क्रममा खिचिएको त्यो ठाउँलाई तस्बिरहरूमा हेरौँ :



ट्रेन्डिङ पोस्ट

Ncell