PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

राष्ट्रपतिलाई रेडियो उपहार : अलिकति पढेपछि काम गर्नु हुँदैन भन्ने धारणा बदल्नुपर्छ



पहिलोपोस्ट

राष्ट्रपतिलाई रेडियो उपहार : अलिकति पढेपछि काम गर्नु हुँदैन भन्ने धारणा बदल्नुपर्छ

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेललाई सामुदायिक रेडियो प्रसारक संघका पदाधिकारी तथा कार्यसमितिले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका छन्। राष्ट्रपति भवन शितलनिवासमा एक कार्यक्रमका बीच शनिवार सामुदायिक रेडियो प्रसारक संघका पदाधिकारीले भेटेर बधाई दिएका हुन्।

सामुदायिक रेडियो प्रसारक संघको प्रतिनिधिलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सामुदायिक रेडियोका कारण गाँउगाँउसम्म आम नागरिकमा सुचनाको पहुँच पुगेको उल्लेख गरे। साथै स्थानीय उत्पादन र स्थानीय तहमा उत्पादनशिलताको विकास गर्न सामुदायिक रेडियोहरुको भूमिका विशेष रहेको राष्ट्रपति पौडेलको धारणा थियो।

‘स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नका लागि यहाँहरुको ठूलो भूमिका रहेका छ। त्यही भएकाले स्थानीय तहमा उत्पादनशीलतालाई यहाँहरुले प्रोत्साहन गर्नुभयो भने मुलुकको अर्थतन्त्रमा पनि सहयोग पुग्छ,’ राष्ट्रपति पौडेलले भने। उक्त असरमा पौडेलले नेपालमा श्रमको सम्मान गर्ने संस्कृतिको विकास गनुपर्ने बताए। पौडेलले श्रमले तन र मन दुवै स्वस्थ बनाउने भएकाले यो अपरिहार्य भएपनि अहिले अलिकति पढेपछि काम गर्न हुँदैन भन्ने खालको मनोविज्ञान र धारणा निर्माण भइरहेको बताए। यो धारणा बदल्न र कामप्रति गर्व गर्न हरेक नागरिक र समुदायमा सूचना र शिक्षा प्रदान गर्न पर्ने सामुदायिक रेडियोको दायित्व भएको पौडेलको जोड थियो। उक्त अवसरमा सामुदायिक रेडियो प्रसारक संघको अध्यक्ष अर्जुन गिरीले राष्ट्रपतिलाई रेडियो सेट उपहार प्रदान गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell