A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.699a9ceb629257.38413190): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.699a9ceb629257.38413190,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

भागबण्डा नमिल्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाई, सोमवारसम्म पूर्णता दिने तयारी
PahiloPost

Feb 22, 2026 | १० फागुन २०८२

भागबण्डा नमिल्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाई, सोमवारसम्म पूर्णता दिने तयारी



पहिलोपोस्ट

भागबण्डा नमिल्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाई, सोमवारसम्म पूर्णता दिने तयारी

काठमाडौं : नेकपा एमाले र राप्रपाले सरकार छाडेसँगै अपूर्ण रहेको मन्त्रिपरिषद् विस्तारको लागि दलहरु छलफलमा जुटेका छन्। राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गरेसँगै एमाले र राप्रपा सरकारबाट बाहिरिएपछि दलहरु मन्त्रिपरिषद्लाई पूर्णता दिन छलफलमा जुटेका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएलगत्तै मन्त्रिपरिषद् विस्तारको तयारी भए पनि अहिलेसम्म सहमति भने जुट्न सकेको छैन। सत्ता गठबन्धनमा अहिले १० दल भएकै कारणले पनि भागबण्डा टुंगो नलाग्दा सहमति जुट्न नसकेको हो। प्रमुख दल नेपाली कांग्रेस, नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादीलगायत दलहरु अहिले आन्तरिक छलफलमा छन्।

अहिले माओवादीबाट प्रधानमन्त्रीसहित ६ जना र जनमत पार्टीका एक जनाको मन्त्रिपरिषद् रहेको छ। सरकारमा कांग्रेसले ९ जना मन्त्रीको माग गरिरहेको छ। यसैगरी एकीकृत समाजवादीले २ मन्त्रालयको दाबी गरिरहेको छ। रास्वपाले यसअघि गृहसहित ३ मन्त्री र एक राज्यमन्त्री पाएको थियो। जसपा, लोसपा, नागरिक उन्मुक्तिलगायतको दललाई पनि मन्त्रालय बाँड्दा भागबण्डामा सहमति जुट्न नसकिरहेको बालुवाटार स्रोतले जनायो।  २५ जनामात्र मन्त्री बनाउने व्यवस्था भएकोले १० दललाई मन्त्रालयको टुंगो लगाउन मुश्किल परिरहेको छ।

कांग्रेस सभापति शेरबहादुर देउवा निकट स्रोतका अनुसार भागबण्डाको टुंगो आइतवारसम्म लाग्ने र सोमवार मन्त्रिपरिषद् विस्तार हुने छ। 'भागबण्डाको टुंगो लागेपछि पार्टी पार्टीमा छलफल हुन्छ। सोमवारसम्म मन्त्रिपरिषद् विस्तार होला,' देउवा निकट स्रोतले भन्यो।

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले पनि एक दुई दिनमै मन्त्रिपरिषद्ले पूर्णता पाउने दाबी गरेका छन्। माओवादी उपाध्यक्षसमेत रहेका श्रेष्ठले शनिबार ललितपुर चेम्बर अफ कमर्शले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा भने, ‘एक-दुई भित्रै मन्त्रिपरिषदले पूर्णता पाउँछ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell