PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

कोशी प्रदेश नामकरण आन्दोलनः पदम लिम्बुको मृत्युबारे छानिबन गर्न गृहले गठन गर्‍यो समिति



रासस

कोशी प्रदेश नामकरण आन्दोलनः पदम लिम्बुको मृत्युबारे छानिबन गर्न गृहले गठन गर्‍यो समिति

काठमाडौंः कोशी प्रदेश नामाकरणको विषयलाई लिएर मोरङको विराटनगरमा भएको प्रदर्शनमा एक जनाको मृत्यु भएको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन सरकारले छानबिन समिति गठन गरेको छ। शनिबार छानबिन समिति गठन भएको हो।

चैत १० मा भएको प्रदर्शनमा संलग्न लाजेहाङ लिम्बु (पदम लिम्बु) को घरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो। सो विषयमा छानबिन गर्न छ सदस्यीय समिति गठन गरिएको गृह मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री तथा मन्त्रीस्तरको निर्णयबाट गृह मन्त्रालयका सहसचिव रामबन्धु सुवेदीको संयोजकत्वमा छ सदस्यीय छानबिन समिति गठन गरिएको गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell