PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

खप्तड गोल्डकप: दार्जिलिङको टोलीलाई हराउँदै पुलिस क्वाटरफाइनलमा, आइतवार थ्री स्टार र फ्रेन्ड्स क्लब भिड्दै



पहिलोपोस्ट

खप्तड गोल्डकप: दार्जिलिङको टोलीलाई हराउँदै पुलिस क्वाटरफाइनलमा, आइतवार थ्री स्टार र फ्रेन्ड्स क्लब भिड्दै

धनगढी: दार्जिलिङको क्लब जर्जियनलाई हराउँदै नेपाल पुलिस क्लव छैठौं मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोलडकपको क्वाटरफाइनलमा पुगेको छ। शनिवार धनगढी रंगशालामा सम्पन्न खेलमा पुलिसले दार्जिलिङको जर्जियन एफसीलाई पेनाल्टी सुटआउटमा हराएको हो।

खेलको आठौँ मिनेटमा पुलिसका मनोज राईको आत्मघाती गोल गर्दा जर्जियनले खेलमा अग्रता बनाएको थियो। तर, पुलिसका भेट्रान खेलाडी भोला सिलवालले ४२ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए। निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।

पेनाल्टीमा पुलिसले ३-० गोलअन्तरले जित निकाल्न सफल भयो। यसक्रममा पुलिसका भोला सिलवाल, पृथ्वी चौधरी र सुमन सुवेदी सफल भएका थिए। विदेशी टोलीका प्रवेश रोय, प्रणय मुखिया र सोनम लेप्चाको प्रहार असफल भयो। पुलिसले सेमिफाइनल प्रवेशका लागि चैत १४ गते आयोजक सुदूरपश्चिम–११सँग प्रतिस्पर्धा गर्नेछ। आइतबार क्वाटरफाइनल अन्तर्गतको खेलमा फ्रेन्ड्स क्लव र थ्री स्टारबीच प्रतिष्पर्धा हुने छ।

प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन्। सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रबद्र्धक रहेको प्रतियोगितालाई सुदूरपश्चिम ११ स्पोर्टस क्लबले आयोजना गरेको हो। आयोजकसहित ‘ए’ डिभिजन ६, विदेशी टोली २ र मोफसलको एक गरी १० टोलीको सहभागिता रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell