PahiloPost

May 26, 2026 | १२ जेठ २०८३

भुटानी क्लबलाई हराउँदै एपीएफ विराट गोल्डकपको सेमिफाइनलमा



पहिलोपोस्ट

भुटानी क्लबलाई हराउँदै एपीएफ विराट गोल्डकपको सेमिफाइनलमा

काठमाडौँ: विभागीय टोली एपीएफ विराट गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। विराटनगरस्थित शहीद रंगशालामा शनिबार राति सम्पन्न खेलमा भुटानी क्लब ड्रुक लुयल फुटबल क्लबलाई २–१ गोल अन्तरले हराउँदै साविक विजेता एपीएफले सेमिफाइनलमा स्थान पक्का गरेको हो।

एपीएफले खेलको तेस्रो मिनेटमा हरि कार्कीको हेडर गोलमार्फत अग्रता बनाएको थियो। तर, ३४ औं मिनेटमा फोफाना इब्राहिमले उत्कृष्ट गोल गर्दै भुटानी टोली ड्रुकलाई बराबरीमा ल्याएका थिए। निर्धारित समय बराबरीतर्फ उन्मुख भएका बेला ७ मिनेट थप गरिएको थियो। त्यही थप गरिएको छैटौं मिनेटमा एपीएफले पेनाल्टी पाएको थियो। ड्रुक लुएलका खेलाडी कामगटे मुसाले हातले गोल लाइन क्लियर गरेपछि उनले रातो कार्ड पाएका थिए भने एपीएफले पेनाल्टी प्रहार गर्ने अवसर प्राप्त गरेको थियो।

एपीएफका अर्मान्ड बेडुमले पेनाल्टीमा गोल गरेपछि एपीएफ अन्ततः २–१ ले विजयी हुँदै अन्तिम चारमा स्थान पक्का गर्न सफल भयो। आजको खेलमा निर्णायक गोल गरेका बेडुम प्लेयर अफ दी म्याच बने।

प्रतियोगिताको विजेताले २० लाख १५ हजार प्राप्त गर्दा उप विजेता हुने टिमले १० लाख २५ हजार रुपैयाँ प्राप्त गर्ने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell