PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

ब्राजिलमाथि मोरोक्कोको ऐतिहासिक जित



पहिलोपोस्ट

ब्राजिलमाथि मोरोक्कोको ऐतिहासिक जित
REUTERS/Juan Medina

मोरोक्कोको फुटबल टोलीले ब्राजिली फुटबल टोलीमाथि २-१ गोलअन्तरले ऐतिहासिक जित निकालेको छ। मोरोक्कोस्थित ग्राण्ड डी टेन्गरमा सम्पन्न मैत्रीपूर्ण खेलमा घरेलु टोलीले ब्राजिलमाथि इतिहासमै पहिलो पटक जित निकालेको हो।

मोरोक्कोको जितमा सोफिएन बोउफल र अब्देलहमिद साबिरीले गोल गरे। ब्राजिलका लागि कासेमिरोले एक गोल फर्काए। ब्राजिलले बल पोजिजन बनाएर आक्रमणमा ब्यस्त रहँदा मोरोक्को काउन्ट अट्याकमा केन्द्रीत रह्यो।

स्टेडियममा ६५ हजार समर्थक उपस्थित खेलको २९ औँ मिनेटमै साबिरीको गोलमा मोरोक्कोले खेलमा अग्रता बनाएको थियो। तर, दोस्रो हाफमा ब्राजिल खेल बराबरीमा ल्याउन सफल भयो। खेलको ६७ औँ मिनेटमा कासेमिरोले लुकास पक्वेटाको पासमा डिफेन्डरको कमजोरीको फाइदा उठाउँदै गोल गरेका थिए। तर, घरेलु टोली फेरि खेलमा फर्कन सफल भयो। खेलको ७९ ‍औँ मिनेटमा साबरीले गोल थप्दै मोरोक्कोको जित सुनिश्चित गरेका हुन्। यसबीचमा मोरोक्कोका हाकिम जियाचले दुईवटा गोल गर्ने सानदार अवसरमा चुकेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell