PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

इन्धनबाट चल्ने सवारीको उत्पादन र बिक्रीमा रोक लगाउन जर्मनी पनि तयार



पहिलोपोस्ट

इन्धनबाट चल्ने सवारीको उत्पादन र बिक्रीमा रोक लगाउन जर्मनी पनि तयार
Photo : Reuters

युरोपियन युनियन (ईयु) ले सन् २०३५ बाट इन्धन सवारी बिक्री तथा उत्पादनमा रोक लगाउन गरेको निर्णयमा जर्मनीले पनि सहमति जनाएको छ।

शुक्रबार जर्मनी र युरोपियन युनियनसँग यसै विषयमा सम्झौता भएको छ। यो सम्झौताले अब सन् २०३५ देखि युरोपमा इन्धन सवारीसाधानको उत्पादन तथा बिक्री वितरण गर्न पाइने छैन।

यी देशहरुले शून्य कार्वन उत्सर्जनको लागि यस्तो नीति लिएका हुन्।

केही समय अगाडि ईयु सांसदहरूले सन् २०३५ सम्म ब्लकमा नयाँ इन्धन इन्जिन कारहरूको बिक्रीमा प्रतिबन्ध लगाउन मतदान गरेका थिए। त्यसपछि फेब्रुअरीमा युरोपेली संसदले कानूनलाई अनुमोदन गरेको थियो। यसले जलवायुको क्षेत्रमा काम गर्न लागि ऐतिहासिक कदम रहेको वातावरण विज्ञहरुको भनाइ छ।

सुरुमा जर्मनी ईयुको यो कदमलाई अनुमोदन गर्दा सहमत भएको थिएन। तर अन्तत: जर्मन सरकारले सन् २०३५ समयसीमा तोकेर इन्धनबाट चल्ने कारहरूको बिक्री र उत्पादनमा रोक लगाउने निर्णयमा पुगेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell