काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल गोरखा पुगेका छन्। राष्ट्रपतिमा निर्वाचित भएपछि उनी पहिलोपटक काठमाडौं बाहिर जान गएका हुन्।
नेपाली सेनाको हेलिकप्टर मार्फत पौडेल आज बिहान ९:३० बजे गोरखाका लागि उडेका हुन्।
उनले गोरखा दरबारको अवलोकन गर्नुका साथै गोरखकाली मन्दिरमा पुगेर दर्शन पनि गरेका छन्।