PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

प्रकाशको डेब्यू फिल्म ‘परदेशी २’ दशैँमा रिलिज हुने, भिड्दैछ विपिनको ‘भष्मे डन’सँग



पहिलोपोस्ट

प्रकाशको डेब्यू फिल्म ‘परदेशी २’ दशैँमा रिलिज हुने, भिड्दैछ विपिनको ‘भष्मे डन’सँग

काठमाडौं : प्रकाश सपुतको डेब्यू फिल्म ‘परदेशी २’को प्रदर्शन मिति तय भएको छ। निर्माण टिमले एक भिडियोमार्फत आगामी दशैँको अवसरमा कात्तिक ३ गते रिलिज गर्ने घोषणा गरेको हो।

यसअघि यो फिल्म फागुन ५ गते रिलिज हुने भनिएको थियो। तर, सोही मितिमा ‘फूलबारी’ रिलिज हुने भनेपछि यो फिल्म रिलिज हुन सकेन। अब यो फिल्म ‘पशुपति प्रसाद-भष्मे डन’ सँग भिड्नेछ। किनकी विपिन कार्की स्टारर ‘भष्मे डन’ पनि आगामी बडा दशैंको फूलपातीबाट रिलिज हुनेछ।

नारायण रायमाझी निर्देशित ‘परदेशी २’मा प्रकाशका साथै केकी अधिकारी, प्रशान्त तामाङ, दिलीप रायमाझी, वर्षा सिवाकोटी लगायतको मुख्य भूमिका छ।

यो फिल्म हिट फिल्म ‘परदेशी’को सिक्वेल हो। नारायण र राजेश बंशल निर्माता रहेको फिल्मको कथा रमेश बिजीले लेखेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell