PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

चलचित्र निर्देशक समाजको अध्यक्षमा पराजुली



पहिलोपोस्ट

चलचित्र निर्देशक समाजको अध्यक्षमा पराजुली

काठमाडौं : चलचित्र निर्देशक समाजको अध्यक्षमा जनकदीप पराजुली निर्वाचित भएका छन्। शनिवार सम्पन्न निर्देशक समाजको १५औँ महाधिवेशनबाट अध्यक्षमा पराजुली निर्विरोध निर्वाचित भएका हुन्।

उपाध्यक्षमा सुवास गजुरेल र दीपशिखा खड्का, महासचिवमा अरुण कुमार प्रधान, सचिवमा देवेन्द्र पाण्डे, कोषाध्यक्षमा समुन्द्र भट्ट र सह-कोषाध्यक्षमा राज बस्न्यात सर्वसम्मत रुपमा निर्विरोध छानिए।

त्यसैगरि, दीपक वली, सौरभ चौधरी, अम्बर ओली सत्यराज चौलागाईं उत्सब केसी अमृतमान महर्जन सदस्यमा निर्विरोध निर्वाचित भए। तर, सीमा गुरुङ्ग र रामकुमार चुनावी प्रक्रियाबाट सह-सदस्यमा निर्वाचित भए।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell