PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

मुख्यमन्त्रीबाट राजीनामा दिन गिरीलाई लुम्बिनी कांग्रेसको दबाव : भोलि नै हाम्रो सरकार बन्छ



पहिलोपोस्ट

मुख्यमन्त्रीबाट राजीनामा दिन गिरीलाई लुम्बिनी कांग्रेसको दबाव : भोलि नै हाम्रो सरकार बन्छ
फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले यस प्रदेशका मुख्यमन्त्री लिला गिरीले पदबाट राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताएका छन्। केन्द्रमा नयाँ समीकरण बनिसकेकोले एमालेबाट मुख्यमन्त्री बनेका गिरीले नयाँ सरकार बनाउने मार्ग प्रशस्त गर्नुपर्नेसमेत पुनको भनाई रह्यो।

केन्द्रमा नयाँ समीकरण बनेसँगै शुक्रवार कांग्रेस लुम्बिनीले प्रदेशको नेतृत्व लिने निर्णय गरेको थियो। यसै निर्णयअनुसार कांग्रेस अघि बढ्ने पुनले बताए। 'आजदेखि यो सरकारमा रहेका दलहरुले समर्थन फिर्ता लिने र नयाँ सरकार निर्माण गर्ने प्रक्रियामा लाग्नेछौ,' आइतवार एक कार्यक्रममा सभापति पुनले भने, 'कांग्रेसले लुम्बिनी प्रदेशको सरकार नेतृत्व लिन्छ। माथिल्लो स्तरमा यो कुरा टुंगिसकेको छ।'

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा कांग्रेस २७ जना सांसदसहित दोस्रो ठुलो दल हो। एमालेका २९, माओवादी केन्द्रका ११, राप्रपा र नागरिक उन्मुक्तिका ४–४, जसपा, लोसपा, जनमतका ३–३, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १–१ सांसद छन्। भने एकजना स्वतन्त्र सांसद छन्।

एमालेका गिरी नेकपा (माओवादी केन्द्र), राप्रपा, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन्। आजै माओवादीलगायतका दलहरुले समर्थन फिर्ता लिएपछि गिरीले मुख्यमन्त्री पद छोड्ने विश्वास आफूले लिएको पुनले बताए।

'हामी आजैदेखि सरकार समर्थन फिर्ता लिने र भएका मन्त्रीहरुले राजीनामा दिने र मुख्यमन्त्रीले राजीनामा दिनुहुन्छ परिस्थितिअनुसार मार्गप्रशस्त गर्नुहुन्छ,' उनले भने, 'आफू अल्पमतमा परेकाले यथाशीघ्र राजीनामा दिएर नयाँ सरकार बनाउने बाटो प्रशस्त गर्नुहुन्छ भन्नेमा विश्वस्त छौ। उहाँले पनि म छोड्छु भन्नुभएको छ। उहाँले राजीनामा दिनुभएपछि हामी नयाँ सरकार बनाउन लागिपर्छौ। भोलि नै हाम्रो सरकार बन्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell