PahiloPost

Jul 27, 2024 | १२ साउन २०८१

जनमत पार्टीले मधेशका छ जिल्लामा तोक्यो इञ्चार्ज



रासस

जनमत पार्टीले मधेशका छ जिल्लामा तोक्यो इञ्चार्ज
फाइल फोटो।

काठमाडौं : जनमत पार्टीले मधेशका छ जिल्लामा आफ्नो पार्टीको इञ्चार्ज तोकेको छ। जिल्लामा पार्टीको काम कारबाही अगाडि बढाउन र सङ्गठन विस्तार गर्ने गरी जिल्ला समिति गठन गर्न इञ्चार्जको जिम्मेवारी तोकिएको सो पार्टीले जनाएको छ।

पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सिरहाको इञ्चार्ज तोकिएको अध्यक्ष सीके (चन्द्रकान्त) राउतले जानकारी दिए। उनका अनुसार पर्सामा माधवप्रसाद सिंह इञ्चार्ज, ओमप्रकाश सर्राफ संयोजक र मुकेश द्विवेदी सहसंयोजक तोकिएका छन्।

यसैगरी, रौतहटमा वृजकिशोर यादव, सर्लाहीमा श्रीचनराय यादव, महोत्तरीमा सौरभ साह, धनुषामा सुरेन्द्र मण्डल र सिरहामा विनोद यादव इञ्चार्ज तोकिएको सो पार्टीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell