PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

प्रचण्ड सरकारलाई रास्वपाका सांसदको प्रश्नै प्रश्न : जवाफ नै नदिने कस्तो नीति?



पहिलोपोस्ट

प्रचण्ड सरकारलाई रास्वपाका सांसदको प्रश्नै प्रश्न : जवाफ नै नदिने कस्तो नीति?

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सन्तोष परियारले विकासको कामको प्रगतिको यथार्थ विवरण पेश गर्न माग गरेका छन्। उनले सरकारले संसदमा उठाएका प्रश्नको जवाफ नदिएको गुनासो गरे।

प्रतिनिधि सभाको आइतवारको बैठकमा बोल्दै परियारले सरकारले संसदमा उठेका प्रश्नको जवाफ समेत नदिएको बताए। 'सरकारले संसदमा उठाएका विषयको पनि जवाफ दिएको छैन,' उनले भने। रास्वपाकै अर्की सांसद सुमना श्रेष्ठले पनि सरकारको आलोचना गरिन्। उनले आइतवारको बैठकमा विश्वविद्यालयका विकृतीबारे सरकारको ध्यानकर्षण गराएकी छिन्।  'परीक्षाको मिति सरिहरन्छ। ४ वर्षको कोर्ष ६ वर्ष लाग्दा पनि सकिन्न। विश्वविद्यालयमा भर्ना दर घटिरहेको छ। विदेश जाने एनओसी लिने विद्यार्थी वर्षेनी एक लाख हाराहारी छ,' उनले भनिन्।

रास्वपाकै अर्की सांसद सोविता गौतमले तीनकुनेको जग्गा पार्क बनाउनका लागि सरकारले ४८ वर्ष अघि अधिग्रहण गरेको भए पनि मुआब्जा विवाद समाधान नभएको बताइन्। 'उच्चस्तरीय विदेशी पाहुना आउँदामात्रै लिपपोत गर्ने र बोटबिरुवा रोपेजस्तो गर्ने। तर असली विवाद समाधान गर्न सरकार अग्रसर नहुने यो कस्तो सरकारको नीति?,' गौतमको प्रश्न थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell