PahiloPost

Apr 30, 2025 | १७ बैशाख २०८२

छायाङ्कन नसकिँदै ‘जय हो’को विदेश राइट्स ५५ लाखमा बिक्री



पहिलोपोस्ट

छायाङ्कन नसकिँदै ‘जय हो’को विदेश राइट्स ५५ लाखमा बिक्री

काठमाडौं : छायाङ्कन जारी रहेको फिल्म ‘जय हो’को विदेश प्रदर्शन राइट्स बिक्री भएको छ। सलोन बस्नेतको मुख्य भूमिका रहेको फिल्मको छायाङ्कन नसकिँदै विदेश प्रदर्शन राइट्स बिक्री भएको निर्माण टिमले जानकारी दिए छ।

फिल्मको विदेश प्रदर्शन राइट्स नमस्ते इन्टरटेनमेन्टले ५५ लाखमा खरिद गरेको बताइएको छ। शोभित बस्नेतकको प्रस्तुतिमा निर्माण हुने फिल्म चैत ११ गतेबाट छायाङ्कनमा गएको हो।

नमस्ते इन्टरटेनमेन्टले यसअघि ‘छक्का पञ्जा ४’, ‘दुई नम्बरी’, ‘आमा’ जस्ता फिल्मको अष्ट्रेलियामा प्रदर्शन गर्ने राइट्स किनेको थियो।

टेक पौरखी राई निर्देशन रहेको फिल्ममा सलोनका साथै अर्पण थापा, केकी अधिकारी, निशा अधिकारी, माओत्से गुरुङ, प्रेम पाण्डे, दीपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङ, अथिति कलाकारमा रोहित रुम्बा लगायतको अभिनय रहेको छ।

सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण हुने फिल्ममा सुरेश न्यौपानेको कथा लेखन रहेको छ। राज के अधिकारी र सुरज सरकार फिल्मको निर्माता हुन्।

कमेडी, एक्सन र लभस्टोरी जनराको यो फिलम आगामी भदौ ८ गतेबाट रिलिज हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell