PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

देश सिकिस्त बिरामी भएको डाक्टर शेखरको निचोड : तुरुन्त उपचार गरिहाल्नुपर्छु 



पहिलोपोस्ट

देश सिकिस्त बिरामी भएको डाक्टर शेखरको निचोड : तुरुन्त उपचार गरिहाल्नुपर्छु 

काठमाडौं : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले राजनीतिक द्वन्द्वका कम्पनहरु देखिरहेको टिप्पणी गरेका छन्। प्रतिनिधि सभाको आइतवारको विशेष समयमा बोल्दै कोइरालाले विभिन्न रुपमा कम्पनहरु देखिएको बताएका हुन्। 'संघीय लोकतान्त्रिक गणतन्त्रमाथि चुनौती छ र देशको अर्थतन्त्रबारे गम्भीर बहस पनि सुरु भइसकेको छ,' उनले भने।

देशमा आएको समस्याको कारण स्वयं नेता भएको नैतिक आत्माबोध गरेर आफू बोलेको कोइरालाको भनाइ थियो। उनले राजनीतिक पद्धति जति राम्रो भए पनि त्यस खालको व्यवहार नभए अराजकता फैलिने बताए। 'संसद गणितमात्रै होइन आम नेपालीको आस्था हुनुपर्छ,' उनले भने। जनताको अपेक्षाअनुसार सरकार र प्रतिपक्षअनुसार एक ठाउँमा उभिएर नागरिक चिन्तालाई सम्बोधन गर्नुपर्ने बताए। संघीयता र प्रदेशप्रतिको वितृष्णा दिन प्रतिदिन चुलिँदो भएको उनले बताए। 'निर्वाचनमा भोट हालेका मलका लागि लामो लाइनमा लागेका किसानहरुका दृश्य मेरा अगाडि नाच्दछन्,' उनले भने। 

उनले अर्थ राजनीतिको नयाँ मोडल तय गर्नुपर्ने पनि बताए। 'अर्थ राजनीतिको नयाँ पहिया कहिले तयार गर्ने हो?,' उनले प्रश्न गरे। 

आफूले वित्त क्षत्रका व्यक्तिहरुसँग अन्तक्रिया गरेर संसदमा बोलेको उनको भनाइ थियो। स्वंयम पूँजी परिचालन गर्न र सरकारलाई कर तिर्नेहरु अहिले निराश भएको उनको भनाइ थियो। 'हाम्रो राष्ट्र सिकिस्त बिरामी भएको अवस्था हो,' डा.कोइरालले भने। उनले तत्काल उपचार गर्नुपर्ने सुझाव दिएका छन्।

उनले सरकारलाई प्रमुख बजार उजाड भएको र बेरोजगार बढेकोमा ध्यान दिन पनि आग्रह गरे। फरक शैलीमा विश्वमा उदाएको शितयुद्ध, कोरोना माहामारी लगायतले अर्थतन्त्र अघि नबढेको उनले बताए। फजुल खर्चले अर्थतन्त्र थला परेको कोइरालाको भनाइ छ। 'अर्थतन्त्रको मेरुदण्ड भनेको रेमिटेन्समात्रै भएको छ। यसले हामीलाई श्रीलंका र पाकिस्तानको जस्तो अर्थतन्त्र बन्नबाट रोकिएको छ,' उनले भने। 

उनले संसारमा बढेको सामरिक द्वन्द्वका कारण नेपालमा आउने रेमिटेन्समा पनि असर पर्ने बताए। संसदभित्र भएका अधिकांश दलको साथ अहिलेको सरकारलाई भएको भए पनि समर्थन टिकाइ रहन भने चुनौति भएको बताए। 'सरकारको विश्वास आम जनताको विश्वासले निर्धारण गर्छ। पुँजीगत खर्चलाई मात्रै होइन चालुगत खर्च पनि ऋण नलिकन चलाउन मुस्किल छ,' उनले फजुल खर्च घटाउन विभिन्न समयमा कार्यदलले दिएका सुझाव मान्न सरकारलाई आग्रह गरे। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको इच्छाशक्तिले मात्रै समस्याको समाधान नहुने भन्दै सबै मन्त्रीलाई पनि इमान्दारा बनाउन सक्नुपर्ने सुझाव दिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell