PahiloPost

Oct 23, 2025 | ७ कात्तिक २०८२

उपेन्द्र यादव लक्षित सिके राउतको कटाक्ष : तीन - चार महिना मन्त्री बन्न नपाउँदा छट्पटिए भन्दैमा निर्वाचन तोकिहाल्ने?



पहिलोपोस्ट

उपेन्द्र यादव लक्षित सिके राउतको कटाक्ष : तीन - चार महिना मन्त्री बन्न नपाउँदा छट्पटिए भन्दैमा निर्वाचन तोकिहाल्ने?

काठमाडौं : जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले निर्वाचन आयोगले उप चुनावको मिति तत्काल घोषणा गरेकोमा विरोध गरेका छन्। प्रतिनिधि सभाको आइतवारको बैठकमा राउतले संसदमा सिट खाली भएको सूचना पुग्नासाथ उपचुनावको मिति घोषणा गरिएको बताए। 'कसैलाई ३/४ महिना मन्त्री बिना बाच्न मुस्किल भयो भन्दैमा निर्वाचन आयोगले १०/२० दिनको समय राखेर निर्वाचन गर्न मिल्दैन,' राउतले भने।

यसले निर्वाचन आयोगको विश्वसनीयतामाथि प्रश्न उठेको बताए। सरकारले निर्वाचन आयोगलाई दबाव हुन नहुने पनि बताए। जनता समाजवादी पार्टी, नेपालका सांसद रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि बारा-२ रिक्त छ। उक्त क्षेत्रमा वैशाख १० मा उपनिर्वाचन तोकिएको छ। जसपाका अध्यक्ष उपेन्द्र यादव उक्त क्षेत्रमा निर्वाचन लड्ने तयारी गरिरहेका छन्। जनमत भने यादवलाई संसदमा रोक्न चाहिरहेको छ। यसअघि यादव राउतसँग सप्तरी-२ बाट पराजित भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell