PahiloPost

Jul 27, 2024 | १२ साउन २०८१

सांसद सुनिता बरालको प्रश्न : संघीय शिक्षा ऐन ल्याउन कहाँ अप्ठेरो परेको हो?



पहिलोपोस्ट

सांसद सुनिता बरालको प्रश्न : संघीय शिक्षा ऐन ल्याउन कहाँ अप्ठेरो परेको हो?

काठमाडौं : नेकपा एमालेकी सांसद सुनिता बरालले कुनै पनि ठाउँमा शिक्षाको व्यवस्थापन नभएको बताएकी छिन्। प्रतिनिधि सभाको आइतवारको बैठकमा उनले विद्यालय शिक्षा दिन प्रतिदिन ओरालो लागेको बताइन्। 'संविधान जारी भएको यतिका समयसम्म पनि हामीले शिक्षा ऐन किन ल्याउन सकेनौं?,' उनले प्रश्न गरिन्। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षक संगठनका कार्यक्रममा जाँदा भाषण मिठो गर्ने गरेको भए पनि संघीय शिक्षा ऐन ल्याउन नसकेको उनको भनाइ छ। उपत्यकामा मात्रै ५० प्रतिशत जनताले पनि आफ्ना छोराछोरीलाई सरकारी स्कुलमा नपढाएको उनको भनाइ थियो।

'विश्वविद्यालय शिक्षा पनि अहिले भद्रगोल अवस्थामा छ,' शिक्षामा देखिएका समस्याबारे बोल्दै उनले भनिन्। शिक्षामा देखिएका समस्या समाधानका लागि कार्यदल गठन हुने भए पनि सुझावको पालना नभएको उनले भनिन्। उनले संघीय शिक्षा ऐन तत्काल ल्याउन आग्रह गरिन्। 'कसका कारणले संघीय शिक्षा ऐन किन ल्याउन नसकेको हो? पर्याप्त छलफलको आवश्यकता कहाँ परेको हो?,' उनले भनिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell