PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

महेश बर्तौलाले आपत्ति जनाउँदा पूर्णबहादुर खड्काले माग्नुपर्‍यो माफी : विश्वप्रकाशले ठोके टेबल, हाँसे अरु सांसद



पहिलोपोस्ट

महेश बर्तौलाले आपत्ति जनाउँदा पूर्णबहादुर खड्काले माग्नुपर्‍यो माफी : विश्वप्रकाशले ठोके टेबल, हाँसे अरु सांसद

काठमाडौं : नेकपा एमालेका सचेतक महेश बर्तौलालले सभामुख बोलिरहँदा सांसद हिँडेको भन्दै आपत्ति जनाएका छन्। आइतवारको प्रतिनिधि सभाको बैठकमा बर्तौलाले सत्तारुढ दलका सांसदले सभामुख बोल्दा मर्यादा कायम नराखेको उल्लेख गर्दै आपत्ति जनाएका हुन्।

कांग्रेस उपसभापतिसमेत रहेका पूर्णबहादुर खड्काले मर्यादा उल्लंघन गरेको उनको भनाई थियो। 'हाउसमा मर्यादा विपरित काम भएको छ। मर्यादाको धज्जी उडाउने काम भएको छ। सत्ता पक्षका माननीयबाट भएको छ,' उनले भने।

बर्तौलाले नियमापत्ति गरेपछि खड्काले माफी मागेका छन्। 'अनदेखाको कारणले मैले नियमावलीको दफालाई उल्लंघन गरें। त्यसका लागि म क्षमा माग्दछु,' खड्काले लगत्तै भने। उनले माफी मागेपछि नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले खुसी व्यक्ति गर्दै ताली बजाएका थिए। लगत्तै कांग्रेसका सांसदहरु भने हाँसेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell