PahiloPost

May 26, 2026 | १२ जेठ २०८३

संवैधानिक परिषद् भागबण्डा परिषद् भयो : अर्जुन नरसिंह केसी



पहिलोपोस्ट

संवैधानिक परिषद् भागबण्डा परिषद् भयो : अर्जुन नरसिंह केसी

काठमाडौं : नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले संवैधानिक परिषद् भागबण्डा परिषद् बनेको आरोप लगाएका छन्। आइतवार प्रतिनिधि सभाको बैठकमा संवैधानिक परिषद् सम्बन्धी विधेयकको छलफलमा भाग लिँदै उनले संवैधानिक अंग पार्टीका लाचार छाया भएको उनले बताए।

'स्वतन्त्र न्यायपालिकाको प्रमुख नै नभएको कुरा मैले यहाँ भनेको छु,' उनले भने। अहिलेको विधेयकमा केही सुधार आए पनि संवैधानिक परिषद् विधेयकको धारा ४ मा अभिलेख रहेको भन्दै उनले ४ जनासम्मको 'कलेजियम' बनाउनुपर्ने बताए। संवैधानिक नियकायलाई सशक्त बनाउने संविधानले उद्देश्य लिएको भए पनि अहिलेको संवैधानिक परिषदले त्यो लक्ष्य पुरा नहुने उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell