PahiloPost

Apr 30, 2025 | १७ बैशाख २०८२

क्षमता र योग्यता भएका व्यक्ति संवैधानिक निकायमा आउन् भनेर विधेयक ल्याइएको हो : देवेन्द्र पौडेल



पहिलोपोस्ट

क्षमता र योग्यता भएका व्यक्ति संवैधानिक निकायमा आउन् भनेर विधेयक ल्याइएको हो : देवेन्द्र पौडेल

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले अरु देशको संविधानभन्दा फरक खालको संविधानको कार्यान्वयन गरिरहेको बताएका छन्। उनले सबै निकायको सन्तुलनका लागि संवैधानिक परिषदको आवश्यकता भएको बताए।

'क्षमता र योग्यता भएका व्यक्तिहरु ती निकायमा आउन भनेर यो परिषदको आवश्यकता छ,' उनले भने। आइतवारको प्रतिनिधि सभाको बैठकमा संवैधानिक परिषद् अध्यादेशसम्बन्धी छलफलमा भाग लिँदै उनले परिषद्को बैठकको गणपुरक संख्याबारे छलफल गर्न सकिने बताए।

उनले तत्काल उक्त विधेयक अगाडि बढाउनुपर्ने बताए। उनले विधेयकले राजनीतिक भागबण्डाको परिकल्पना नगरेको उनको भनाइ थियो। यसअघि बोल्ने नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले परिषद भागबण्डा परिषद् भएको भन्दै आलोचना गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell