PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

गुठीको जग्गामा अवैध उत्खनन्, चार ट्रिपर महानगरको नियन्त्रणमा



पहिलोपोस्ट

गुठीको जग्गामा अवैध उत्खनन्, चार ट्रिपर महानगरको नियन्त्रणमा

वीरगंजः वीरगंज महानगरपालिकाले सार्वजनिक जग्गा अवैध उत्खनन् गर्ने स्काभेटरसहित ४ वटा टिपर नियन्त्रणमा लिएको छ। महानगरपालिका २८ दर्दवास्थित गुठीको सार्वजनिक जग्गामा करिब २ महिनाभन्दा अघिदेखि अवैध रुपमा उत्खनन् गर्दै आएको सूचनाको आधारमा महानगर प्रहरीले ट्रिपर र स्काभेटर नियन्त्रणमा लिएको हो।

नगर प्रहरी निरीक्षक हरिप्रसाद भुषालका अनुसार ना ८ ख ४१२५, ना ७ ख ६५९७, ना ७ ख ६६०३ र ना ८ ख ५४०३ नम्बरको टिपर र बा २ ख ६२३३ नम्बरको स्काभेटर नियन्त्रणमा लिइएको हो।

गैरकानुनी रुपमा उत्खनन् गर्नेलाई कारबाही गर्न स्थानीयले माग समेत गरेका छन्। सार्वजनिक जग्गालाई निजी स्वार्थका लागि प्रयोग गर्नेहरुलाई कडा कारबाही गर्नुपर्ने स्थानीयले माग गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell