PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

साफ यू १७: नेपाल रसियासँग पराजित



पहिलोपोस्ट

साफ यू १७: नेपाल रसियासँग पराजित

काठमाण्डौँ: साफ यू १७ महिला च्याम्पियनसीप अन्तर्गत आज सम्पन्न खेलमा नेपाली टोली रसियासँग पराजित भएको छ। बंगलादेशस्थित सिपाही मोस्तफा कमल स्टेडियममा सम्पन्न खेलमा नेपाली टोली साफमा आमन्त्रित टोली रसियासँग ३-० गोलअन्तरले पराजित भएको हो।

खेलको तीन वटै गोल दोस्रो हाफमा भएको थियो। रसियाको जितमा एलिना गोलिकले ६३ र ७५ औँ मिनेटमा गोल गर्दा पोलिना फिल्सिनाले ८३ औँ मिनेटमा गोल थपिन्।

जारी साफ च्याम्पियनसिपमा नेपालको यो दोस्रो हार हो। यसअघि नेपाली टोली भारतसँग ४-१ गोलअन्तरले पराजित भएको थियो। यसक्रममा नेपालले भुटानमाथि ५-० गोलको जित निकालेको थियो। प्रतियोगितामा नेपाल, बंगलादेश, भुटान, भारत र रसियाको सहभागिता छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell