PahiloPost

Jul 27, 2024 | १२ साउन २०८१

विराट गोल्डकपमा संकटा क्लबलाई हराउँदै भारतीय क्लब लुका सकर सेमिफाइनलमा



पहिलोपोस्ट

विराट गोल्डकपमा संकटा क्लबलाई हराउँदै भारतीय क्लब लुका सकर सेमिफाइनलमा

काठमाडौं : भारतीय क्लब लुका सकर क्लब विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ। विराटनगरको शहीद रंगशालामा आज भएको खेलमा निर्धारित र अतिरिक्त समयमा गोलरहित बराबरीमा सकिएको थियो।

तर, पेनाल्टीमा पनि दुवै टिमले ५–५ गोलको बराबरी भएपछि खेलको नतिजा सडनडेथबाट निकाल्दा संकटामाथि लुका सकरले ८–७ गोल अन्तरको जित दर्ता गर्न सफल भयो।

पहिलो पटक नेपाल खेल्न आएको केरलाको लुकाले अब सेमिफाइनलमा गत संस्करणको उपाधि विजेता एपीएफसँग खेल्ने छ। आजको खेलमा संकटाका अनिस महर्जनको प्रहारलाई लुकाका गोलकिपर मोहम्मद सनफिरले विफल पारेका थिए। लुकाका गोलकिपर मोहम्मद सनफिर म्यान अफ द म्याच भएका छन्। उनले नगद ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

निर्धारित समयमा दुवै टिमले पाएका मौकाहरु सदूपयोग गर्न नसक्दा निर्धारितसमय गोलरहित बराबरीमा पुगेको थियो।

प्रतियोगिताको विजेताले विजेताले २० लाख १५ हजार प्राप्त गर्दा उप विजेता हुने टिमले १० लाख २५ हजार रुपैयाँ प्राप्त गर्ने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell