PahiloPost

Jul 27, 2024 | १२ साउन २०८१

ललितकलाको नयाँ नेतृत्वले ल्यायो ३६ बुँदे कार्ययोजना



पहिलोपोस्ट

ललितकलाको नयाँ नेतृत्वले ल्यायो ३६ बुँदे कार्ययोजना

काठमाडौं : नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको नयाँ नेतृत्वले नयाँ कार्ययोजना सार्वजनिक गरेको छ। प्राथमिकताका आधारमा अल्पकालीन, दीर्घकालीन तथा नीतिगत रणनीति बनाउँदै प्रतिष्ठानले ३६ बुँदे रणनीति सार्वजनिक गरेको हो।

राष्ट्रिय ललितकला प्रदर्शनी - २०८० सहित, देशव्यापी नेपाली कला र कलाकारको सर्भेक्षण, सगरमाथा-काठमाडौं कन्टेम्पोररी आर्टसमिट, नेपाली कला र दिग्गज कलाकारको वृत्तचित्र निर्माण, हस्तकला-लोककला परम्परागत कला महोत्सनदेखि कलाकार कल्याण कोषलगायतका कार्ययोजना सार्वजनिक गरिएको हो।

संस्थाले नेपाली कला प्रवर्द्धन, संवर्द्धन, संरक्षण तथा विकासका काम गर्ने लक्ष्य लिएको नवनियुक्त कुलपति नारदमणि हार्तम्छालीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell