PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

मन्त्रिपरिषद् विस्तारका लागि जुटेन सहमति, देउवा - नेपालसँगको वार्तापछि प्रचण्डले बोलाए गठबन्धनको बैठक



पहिलोपोस्ट

मन्त्रिपरिषद् विस्तारका लागि जुटेन सहमति, देउवा - नेपालसँगको वार्तापछि प्रचण्डले बोलाए गठबन्धनको बैठक

काठमाडौं : मन्त्रिपरिषद बिस्तारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलवार गठबन्धनको बैठक बोलाएका छन्। मंगलवार ४ बजेका लागि बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरी तिमल्सिनाले जानकारी दिए।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबिच सोमवार भएको भेटपछि भोलि बैठक बोलाउने सहमति भएको हो। 'मन्त्रिपरिषद बिस्तारका लागि भोलि दिउँसो गठबन्धन दलको बैठक बोलाउने समझदारी भएको छ,' उनले भने।

सोमवार नै मन्त्रिपरिषद बिस्तार गर्ने तयारी प्रचण्डले गरेको भए पनि टुंगो लाग्न नसकेपछि मंगलवारसम्म धकेलिएको हो। प्रचण्डले चैत ६ गते संसदबाट विश्वासको मत लिएपछि तत्काल मन्त्रिपरिषद बिस्तार गर्ने बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell