PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

चार जना डिआइजीको एआइजीमा बढुवा सिफारिस, मिरा चौधरी पनि बढुवामा



पहिलोपोस्ट

चार जना डिआइजीको एआइजीमा बढुवा सिफारिस, मिरा चौधरी पनि बढुवामा

काठमाडौं : गृह मन्त्रालयले चार जना प्रहरी नायब महानिरीक्षक (डीआइजी)लाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी)मा बढुवाको लागि सिफारिस गरेको छ।

सोमवार बसेको बढुवा समितिको बैठकले रिक्त एआइजीमा बढुवाको लागि सिफारिस गरेको हो। बढुवा सिफारीस पहिलो नम्बरमा डिआइजी सन्दीप भण्डरी रहेका छन्। उनले ६८ दशमलव ४६ अंक प्राप्त गरेका छन्। त्यस्तै दोस्रो नम्बर डिआइजी सुदीप गिरी रहेका छन्। उनले ६८ दशमलव २१ अंक प्राप्त गरेका छन्। त्यस्तै तेस्रो र चौथो बढुवा सिफारिसमा डिआइजी मिरा चौधरी र टेकबहादुर तामाङ रहेका छन्।

शुक्रवार प्रहरी महानिरीक्षकसहित चार जना एआइजी अवकाश भएपछि रिक्त रहेको पद पूर्तीको लागि बढुवा गरिएको हो। आइतवारमात्र आइजीमा बढुवा भएका बसन्त कुँवरले दर्ज्यान्ही चिन्ह लगाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell