PahiloPost

Jun 12, 2026 | २९ जेठ २०८३

यस्तो देखियो सेतो मछिन्द्रनाथको रथयात्राका लागि बन्दै गरेको रथ

यस्तो देखियो सेतो मछिन्द्रनाथको रथयात्राका लागि बन्दै गरेको रथ

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : सेतो मछिन्द्रनाथ (जनमाद्य:)को रथयात्राका लागि रथ निर्माण जारी छ। दरबारमार्गस्थित महेन्द्रको शालिक अगाडि रथ तयार पार्ने काम भइरहेको छ।

हाल रथमा पौ (बेत) बाँधेर काठहरु कस्ने कार्य भइरहेको छ। ह्युमतका महर्जनहरु रथ निर्माणमा सहभागी भएका छन्। मंगलवारसम्म रथ निर्माण सम्पन्न गरी बुधवार १५ गते तीनधारा पाठशाला अगाडिबाट तानेर असन पुर्‍याइनेछ।

प्रत्येक चैत शुक्ल अष्टमीका दिन सेतो मछिन्द्रनाथ मूर्तिलाई तीनधारा पाठशाला अगाडि ल्याइ रथमा राखेर जात्रा गरिन्छ। दोस्रो दिन असनबाट हनुमानढोकासम्म रथ तानिन्छ भने अन्तिम दिन हनुमानढोकाबाट मरु, चिंकमुगल, मजिपात, जैशीदेवल हुँदै मच्छिन्द्रनाथको आमा अवलोकितेश्वर रहेको लगनमा तीनपटक घुमाएर रथ यात्रा समापन हुन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell