PahiloPost

Jan 9, 2025 | २५ पुष २०८१

छुट्टाछुट्टै दुर्घटनामा म्याग्दीमा दुई जनाको मृत्यु



रासस

छुट्टाछुट्टै दुर्घटनामा म्याग्दीमा दुई जनाको मृत्यु

म्याग्दी : म्याग्दीको धवलागिरि गाउँपालिकामा भएको छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ। धवलागिरि गाउँपालिका-६ मराङको नामरुकमा भिरबाट लडेर र वडा नम्बर ७ को धारापानीमा ढुङ्गाले लागेर एक/एक जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

प्रहरी नायब उपरीक्षक मदन कुँवरले दुवै जनाको शव आइतवार राति परीक्षणका लागि बेनी अस्पतालमा ल्याइएको जानकारी दिए। मराङको राम्चेदेखि बुल जाने क्रममा नामरुकको भिरको सडकको डिलबाट खसेर आइतवार दिउँसो जेवाङ टोलका अन्दाजी ५२ वर्षका सङबहादुर सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ।

धारापानी सामुदायिक वनको पात्लापाखा भिरमा घाँस काट्न गएका धारापानीका ६८ वर्षीय लालु थापालाई सडक निर्माणका क्रममा डोजरले फालेको ढुङ्गाले लागेर शनिवार मृत्यु भएको थियो।

साँझ घर नआएपछि खोज्न गएका स्थानीयवासीले शनिवार राती थापालाई भिरमा मृत फेला पारेर प्रहरीलाई खबर गरेका थिए। दरबाङ-धारापानी सडक आयोजनाको निर्माण कम्पनीको डोजरले सडक विस्तारका क्रममा फालेको ढुङ्गाले घाँस काट्न गएका थापालाई चोट लागेको मृतकका आफन्तको दावी छ।

मृतकका आफन्तले दिएको जाहेरीका आधारमा अनुसन्धान अघि बढाएको र दुवै शव परीक्षणका लागि बेनी अस्पतालमा राखिएको प्रहरी नायब उपरीक्षक कुँवरले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell