PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

ओलम्पिक छनोट: नेपालले चैत २२ र २५ गते भियतनामसँग भिड्दै



पहिलोपोस्ट

ओलम्पिक छनोट: नेपालले चैत २२ र २५ गते भियतनामसँग भिड्दै

काठमाडौँ: नेपाली महिला फुटबल टोलीले पेरिसमा सन् २०२४ मा हुने एसिया कप छनोटको पहिलो चरणमा भियतनामसँग प्रतिस्पर्धा गर्दैछ। प्यालेस्टाइन र अफगानिस्तानले अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले घरेलु मैदानमा भियतनामसँग दुई खेल खेल्ने भएको हो।

नेपालले पहिलो खेल चैत २२ गते र दोस्रो खेल चैत २५ गते खेल्नेछ। खेलका लागि भियतनाम २० गते नेपाल आउने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ। नेपाली टोली फिफा वरीयतामा १०० औँ स्थानमा छ भने भियतनाम ३३ औँ स्थानमा छ। अर्थात एसियाली राष्ट्रहरु मध्ये भियतनाम शीर्ष चारमा छ।

प्रतियोगिताको ब्रोडकास्टिङ अधिकार एमडीएसी स्पोर्ट्स प्राइभेट लिमिटेड मार्केटिङ र ब्रोडकास्टिङको अधिकार पाएको एन्फाले जनाएको छ।

प्रतियोगिताको अनुमानित लागत ४३ लाख रहेको छ। खेलहरुका लागि टिकट दर भीआईपीतर्फ एक हजार र साधारणतर्फ ३ सय रुपैयाँ तोकिएको छ।

नेपाली टोली हाल बन्द प्रशिक्षणमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell