PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

बोकालाई संगिनी सुई!



पहिलोपोस्ट

बोकालाई संगिनी सुई!
फाइल फोटो

बुटवल : सुन्दै पनि अचम्म लाग्न सक्छ, परिवार नियोजनको अस्थायी साधन संगिनी सुई बोका, पाठालाई पनि लगाइन्छ भन्दा। बच्चाको जन्मान्तर कम गर्नका लागि महिलाले प्रयोग गर्ने तीन महिने यो सुई गुल्मीका किसानहरुले भने बोका, पाठालाई लगाइदिने गरेको पाइएको छ।

तीन महिने संगिनी सुईले हर्मोनमा वृद्धि भई छिट्टै मोटो हुने भएपछि जिल्लाको धुर्कोट गाउँपालिकाका किसानहरुले बोका, पाठामा यस्तो सुईको प्रयोग गर्न थालेको खुलासा भएको हो। तीन महिने संगिनी सुइ हर्मोनल साधन भएकोले मानव शरीरमा दीर्घकालीन असर पर्न जाने भन्दै पशुमा यो सुई प्रयोग नगर्न गाउँपालिकाले सोमबार सूचना नै जारी गरेको छ।

गाउँपालिकाको वडा नम्बर १ नयाँगाउँ र वडा नम्बर ७ वाग्लाका निजी क्षेत्रमा काम गर्ने पशु प्राविधिक तथा ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताहरूले बोका पाठालाई संगिनी सुइ लगाइदिएको पाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले जानकारी दिए।

‘संगिनी सुई लगाएका महिलाहरु मोटो हुने गर्छन्। खसीलाई पनि सुई लगाएपछि हर्मोनमा वृद्धि भएर छिट्टै मोटो हुने भएकाले सुई लगाएको देखियो,’ गाउँपालिकाका पशु स्वास्थ्य प्राविधिक श्याम बहादुर कार्कीले भने।

गाउँपालिकाले जारी गरेको सूचनामा आगामी दिनमा यस्तो कार्य गर्ने गराउने गरेको पाइएमा कानुन बमोजि सजाय हुने भन्दै संगिनी सुई लगाउन तत्काल रोक्न आग्रह गरिएको छ। संगिनी सुई एक हर्मोनल साधन हो । जसले महिलाको शरीरमा हुने हर्मोनलाई व्यवस्थित गरी गर्भ रहन दिँदैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell