PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

वाग्मती क्लबलाई हराउँदै मनाङ मर्स्याङदी क्लब खप्तड गोल्डकपको सेमिफाइनलमा



पहिलोपोस्ट

वाग्मती क्लबलाई हराउँदै मनाङ मर्स्याङदी क्लब खप्तड गोल्डकपको सेमिफाइनलमा

धनगढी: मनाङ मर्स्याङदी क्लब छैठौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। धनगढी रंगशालामा सोमबार भएको खेलमा वाग्मती क्लबलाई २–१ गोल अन्तरले हराउँदै मनाङले सेमिफाइनलमा स्थान बनाएको हो।

मनाङलाई जित दिलाउन तिमोथे कोडु र साइजमोलले एक–एक गोल गरे। वाग्मतीका लागि सृजन गौतमले एक गोल फर्काए। खेलको ३७ औं मिनेटमा तिमाथेले गोल गर्दै मनाङलाई सुरुवाती अग्रता दिलाएका थिए। तर, वाग्मतीले खेलको ४१ औं मिनेटमा बराबरी गोल फर्काउँदा पहिलो हाफ १-१ गोलको बराबरीमा रोकिएको हो। वाग्मतीका लागि सृजन गौतमले बराबरी गोल फर्काएका थिए।

मनाङका लागि खेलको ६६ औं मिनेटमा साइजमोलले गोल गर्दै फेरि टोलीलाई अग्रता दिलाए। त्यसपछि दुबै टोलीलग गोल थप्न नसक्दा मनाङले २–१ गोलको जित निकाल्न सफल भयो।

जितसँगै मनाङले सेमिफाइनलमा स्थान बनाएको छ। अब मनाङले विदेशी टोली एभिनिर फुटबल क्लब क्यामरुनसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ। उक्त खेल चैत १५ गते हुनेछ।

प्रतियोगिता अन्तर्गत मंगलबार आयोजक सुदूरपश्चिम–११ र विभागीय टोली नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell