PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

घरेलु टोली विराटनगर जावलाखेललाई हराउँदै विराट गोल्डकपको फाइनलमा



पहिलोपोस्ट

घरेलु टोली विराटनगर जावलाखेललाई हराउँदै विराट गोल्डकपको फाइनलमा

विराटनगर: घरेलु टोली विराटनगर सिटी सातौं संस्करणको विराट गोल्डकपको फाइनलमा पुगेको छ।

शहीद रंगशालामा सोमबार बेलुकी भएको पहिलो सेमिफाइनल खेलमा ‘ए’ डिभिजन क्लब जावलाखेल युथ क्लबलाई २–१ गोलले निराश बनाउँदै विराटनगर सिटी उपाधि नजिक पुगेको हो।

जितका लागि विराटनगरका स्टेफन बिनोङ र अभिषेक गुरूङले गोल गरी टिमको जित सुनिश्चत गरे। जावलाखेलको तर्फबाट युसुब थपलियाले सान्तवना गोल फर्काए।

प्रतिस्पर्धात्मक खेलमा घरेलु दर्शकको साथ पाएको विराटनगरले दोस्रो हाफदेखि आक्रमक खेल पस्कियो। जावलाखेलको फिनिसिङ पक्ष कमजोर रहदा बारम्बार पाएको गोल गर्ने अवसर खेर फालेका थिए। दोस्रो हाफपछि विराटनगरले अग्रता लिएपछि जावलाखेललाई दवाव परेको थियो।

५९ औं मिनेटमा विराटनगरका विदेशी खेलाडी स्टेफन बिनोङले गोल गरी टिमलाई अग्रता दिए। बिमल घर्ती मगरले पेनाल्टी एरियाबाट गरेको प्रहार जावलाखेलका गोलरक्षक अनिष देउलाले मैदानतिर बल फालिदिएपछि स्टेफनले गरेको प्रहार गोलमा परिणत भएको थियो। ८७ औं मिनेटमा विराटनगर सिटीका विमल घर्तीमगरले निकालेको क्रस पासलाई वैकल्पिक खेलाडी अभिषेक गुरूङले गोल गरी टिमको लागि विजय गोल गरे। ६१ औं मिनेटमा आफेजको ठाउँमा अभिषेक मैदान प्रवेश गरेका थिए।

लगातार पाएको सुन्दर अवसर जावलाखेलका खेलाडीको फिनिसिङ पक्ष कमजोर देखिदा सेमिफाइनलबाट बाहिरियो।

त्यसअघि ९ औं मिनेटमा विराटनगर सिटीका बिमल घर्तीमगरले डिबक्स भित्रबाट गरेको प्रहार जावलाखेलका गोलकिपर अनिस देउलाले उत्कृष्ट बचाए। १७ औं मिनेटमा जावलाखेलका विदेशी खेलाडी एनकोटोले वान भर्सेस वानको प्रहार गोल गर्नबाट चुके। उनले डिबक्स भित्रबाट गरेको प्रहार विराटनगर सिटीका गोलकिपर बिशाल श्रेष्ठले बिफल पारिदिए।

५३ औं मिनेटमा जावलाखेलका विदेशी खेलाडी फोडीले करिब ३० यार्डदेखि गरेको प्रहार विराटनगरका किपर विष्णुले बिफल पारिदिए। ७० औं मिनेटमा विराटनगरका अभिषेक गुरूङले गरेको कडा प्रहार बाहिरदा थप गोल गर्ने अवसर खेर गयो।

मंगलबार हुने अन्तिम सेमिफाइनल खेलमा पाहुना टोली भारत केरलाको लुका सकर क्लब र साविक विजेता विभागीय टिम एपीएफबीच हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell