PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

भोलिका लागि बोलाइएको कांग्रेस बैठक स्थगित, अब बिहीवारमात्र बस्ने



पहिलोपोस्ट

भोलिका लागि बोलाइएको कांग्रेस बैठक स्थगित, अब बिहीवारमात्र बस्ने

काठमाडौं : भोलि मंगलवारका लागि बोलाइएको कांग्रेस केन्द्रीय सम्पादन समितिको बैठक दुई दिन पछिका लागि सरेको छ। मन्त्री छान्नका लागि बोलाइएको भनिएको बैठक भोलि ९ बजे बस्ने तय भएको थियो। सोमवार बिहान विज्ञप्ति जारी गर्दै पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका बिहान ९ बजेका लागि बोलाइएको थियो।

तर साँझ भने बैठक सरेको पौडेलले जनाए। 'नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०७९ चैत्र १४ गते मंगलबार बिहान ९:०० बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपीनगरमा बस्ने भनिएकोमा उक्त बैठक २०७९ चैत्र १६ गते बिहीबार बिहान ११:०० बजे बस्ने भएको छ,' अर्को विज्ञप्तिमा उल्लेख छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell