PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न आज सत्ता गठबन्धनको बैठक बस्दै



पहिलोपोस्ट

मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न आज सत्ता गठबन्धनको बैठक बस्दै
फाइल फोटो।

काठमाडौं : सत्ता गठबन्धनअन्तर्गत १० दलको बैठक आज बस्दै छ। बैठक आज अपराह्न ४ बजेको लागि तय भएको बताइएको छ।

आजै, सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक पनि बस्दैछ। एकीकृत समाजवादीको सचिवालय बैठक बिहान ११ बजे बस्ने तय भएको छ।

दुवै बैठक मन्त्रिपरिषद् विस्तारका लागि बस्न लागेको बताइएको छ। सोमवारको नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादी अध्यक्ष माधव कुमार नेपालको छलफलले गठबन्धनको आज अपराह्न ४ बजे बस्ने बैठक तय गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell