
काठमाडौं : आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला एक हजार रुपैयाँले घटेको छ। अघिल्लो दिन प्रतितोला एक लाख ९ हजारमा कारोबार भएको सुनको मूल्य आज एक लाख आठ हजार रुपैयाँ तोकिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख सात हजार पाँच सय रुपैयाँ छ। यसको मूल्य अघिल्लो दिन एक लाख आठ हजार ५०० रुपैयाँ थियो।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रुपैयाँले घटेर एक हजार ३५५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ।
महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।